
साझा प्रकाशनकाे २५औँ साधारणसभाबाट सञ्चालक समितिको अध्यक्षमा शेखर गिरी सर्वसम्मत चयन भएका छन् ।
साधारणसभाले अध्यक्ष र एक महिलासहित तीन सञ्चालक समिति सदस्य, लेखा सुपरीवेक्षण समितिमा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
प्रकाशनको सञ्चालकमा महिलातर्फ जयन्ता पोखरेल, खुलातर्फ प्रा डा ध्रुव घिमिरे र मनोहर लामिछाने, लेखा सुपरिवेक्षण समिति संयोजकमा वशिष्ठकुमार अधिकारी, सदस्यमा राजकुमार थापा र बसुधा पाण्डे बस्नेत निर्विरोध निर्वाचित भएका निर्वाचन समितिका सदस्यसचिव भेषराज घिमिरेले जानकारी दिए ।
साधारणसभाको उद्घाटन सत्रमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले साझा प्रकाशन प्राज्ञिक थलो भएकाले देखिएका समस्या समाधान गर्न आफू प्रयासरत रहेको बताए ।
प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले संस्थागत रूपमा निर्णय गरेर साझाका किताब सहजै बिक्री हुने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
नवनिर्वाचित नेतृत्वलाई साझा प्रकाशनलाई चलायमान बनाउन सक्ने क्षमता विकास गर्न सुझाव दिए । उनले सम्पर्क मन्त्रालयका सबै कागजात छाप्नेगरी विकास गर्न आग्रह गर्दै सरकारका सबै पुस्तकालयमा साझा प्रकाशनका किताब हुनुपर्नेमा जोड दिए ।