काठमाडौं, फागुन १२ :

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले  फिल्म ‘लाज शरणम्‌’लाई अब प्रचारप्रसार र प्रदर्शनका लागि  स्वीकृति दिएको छ। यससँगै कुमार कट्टेल निर्देशित फिल्म लाज शरणम्‌को प्रचार र प्रदर्शनको बाटो खुला भएको हो।

पूर्वमन्त्री अफताव आलमले फिल्ममा आफूलाई समर्पित पात्रको रूपमा प्रस्तुत गरिएको भन्दै मुद्दा दायर गरेपछि उच्च अदालत पाटनले सेन्सर बोर्डको अनुमति बिना फिल्मको प्रचार रोक्न अन्तरिम आदेश दिएको थियो। 

आदेश पछि फिल्मको प्रचारप्रसार ठप्प भएको थियो र निर्माण टिमले यूट्यूबमा सार्वजनिक गरेका प्रोमोसनल गीत पनि हटाएका थिए। अब फिल्मलाई सेन्सर बोर्डको स्वीकृति प्राप्त भएकोले आगामी फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन गरिनेछ।