बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्छौं : उपप्रधानमन्त्री सिंह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्छौं : उपप्रधानमन्त्री सिंह
काठमाडौं, फागुन १२ :

उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्न अब पनि ढिलाइ गर्न नहुने बताएका छन् ।

सहरी विकास मन्त्रालयमा आइतबार बसेको काठमाडौं उपत्यका भौतिक विकास समितिको बैठकमा उपप्रधानमन्त्री सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित गर्न काम सुरु गर्नुपर्ने बताएका हुन् ।

विगतका कमजोरी सच्याउन समय लागे पनि काम भने अघि बढाउने उनको भनाइ थियो ।उपप्रधानमन्त्री सिंहले अब बन्ने सहरलाई व्यवस्थित गर्न सहरी नीति मन्त्रिपरिषद्‌बाट पारित भइसकेको बताए ।

काठमाडौं कुनै बेला उर्वर कृषि भूमि रहेको भन्दै उनले अहिले अव्यवस्थित र कुरुप सहरका रुपमा विकसित हुन पुगेकामा चिन्ता व्यक्त गरे ।अघिल्ला सरकारले गर्न नसकेका राम्रा कामलाई यो सरकारले पूर्णता दिने उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार