काठमाडौं, फागुन १२ :

मोबाइल फोनको जन्मदाता मोटोरोलाले विश्व मोबाइल बजारको पछिल्लो लय समाउँदै एकपछि अर्को सफल मोडलहरु बजारमा ल्याउन सफल भएको छ ।

यसै परिवेशमा मोबाइल बजारमा आक्रमक प्रवेशको तयारी गरिरहेको चौधरी ग्रुपले नेपाली बजारमा मोटोरोलाको डिस्ट्रिब्युसन सम्हालेको हो । यससँगै नेपाली मोबाइल बजारमा चौधरी ग्रुपले बलियो प्रभुत्व जनाउने भएको छ ।

अत्यन्तै आक्रमक बजारीकरणमा अगाडि बढीरहेको मोटोरोलाले आफ्ना स्मार्टफोनहरु आम उपभोक्ताको सरल पहुँचमा ल्याउन निकै प्रतिस्पर्धी मूल्य निर्धारण गर्दै आएको छ । कुनै पनि किसिमका ब्लोटवेयर नभएका एन्ड्रोइड स्मार्टफोनको प्रिमियम अनुभूतिका लागि मोटोरोलाले स्टक एन्ड्रोइड अपरेटिङ सिस्टमको अनुभव दिलाउँछ । मूल्यका आधारमा उच्चतम् फिचरहरु प्रदान गर्ने मोटोरोलाले प्रोडक्ट डिजाइनमा नयाँ बेन्चमार्क स्थापना गर्न सफल भएको छ ।

मोटोरोला नेपालका बिजनेस हेड विनय जोशीका अनुसार मोटोरोलाले नेपाली बजारमा नयाँ बेन्चमार्क निर्धारण गर्ने लक्ष्यका साथ बजारमा आफ्ना स्मार्टफोनहरु उतारेको हो । जोशी भन्छन्, ‘मोटोरोलाले मोबाइल बजारमा कायम राखेको लिगेसीको निरन्तरताको प्रत्याभूति नेपाली उपभोक्ताले पाउनेछन् । बजारमा स्मार्टफोन ल्याउनुपूर्व हामीले ताम्राकार कम्प्लेक्समा ग्राहक सेवा केन्द्रको स्थापना गरिसकेका थियौं । हामीले भारतीय बजारसँग समानान्तर मूल्य निर्धारण गरेका छौं । जुन निकै प्रतिस्पर्धी हो । हामी नेपाली बजार र उपभोक्ता सन्तुष्टिप्रति प्रतिबद्ध रहेका छौं ।’

नेपाली बजारमा सबैभन्दा एफोर्डेबल फाइज-जी स्मार्ट फोन मोटो जी-४५, मिडरेन्ज क्याटेगोरीको लिडर मानिएको मोटो एज फिफ्टी फ्युजन, निकै प्रिमियम र एफोर्डेबल फिल्प फोन मोटो रेजर फिफ्टी जस्ता मोडलहरु लिएर नेपाली बजारमा प्रतिस्पर्धामा उत्रिएको मोटोरोलो सजिलै नेपाली बजारमा अग्रस्थान हासिल गर्ने देखिन्छ ।

मोटोरोलाका सबै फाइभ-जी स्मार्ट फोन आ-आफ्नो क्याटोगोरीमा मूल्य र स्पेसिफिकेसनका आधारमा क्याटोगोरी लिडर रहेको कम्पनीले दाबी गरेको छ ।

नेपाली बजारका लागि प्राथमिकतासहित विशेष मूल्य निर्धारण गरेको मोटोरोलाका स्मार्टफोनहरु रिटेल आउटलेट तथा सीजी डिजिटल तथा दराजलगायत अनलाइन प्लेटफर्ममा समेत उपलब्ध छन् । चौधरी ग्रुपअन्तर्गतको सीजी मोबाइलले मोटोरोलालाई नेपाली बजारमा भित्र्याएको हो ।