म्याग्दी, फागुन १४ :

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा भूकम्प गएको छ । 

मङ्गलबार बिहान ५ बजेर ५२ मिनटमा मालिका- ३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । 

चार रेक्टरस्केल भन्दा तलको भूकम्पको धक्का महसुस भए पनि आत्तिनुपर्ने अवस्था नहुने तर सतर्कता आवश्यकता रहेको केन्द्रका रविन्द रिमालको भनाई छ । यो पराकम्प नभई छुट्टै भूकम्प हो ।

बिहान सुतिरहेको अवस्थामा दुई पटक धक्का महसुस भएको धवलागिरि गाउँपालिकाका स्थानीयले बताएका छन् । जमिन हल्लिएपछि सर्वसाधारण घरबाट बाहिर निस्किएका थिए ।