बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति कोसी प्रदेश

केबुलकार विरोधीविरुद्ध बल प्रयोग गरिए आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डको चेतावनी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
केबुलकार विरोधीविरुद्ध बल प्रयोग गरिए आन्दोलनकारीको पक्षमा उभिने प्रचण्डको चेतावनी
माेरङ, फागुन १४ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाथीभरा केबुलकार निर्माण विवादमा बल प्रयोग गरिए आन्दोलनकारीको पक्षमा उभिने चेतावनी दिएका छन् ।

‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकास्थित रमाइलो बजारमा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उनले आन्दोलन दबाउने नाममा बल प्रयोग गर्ने दुस्साहस नगर्न सरकारलाई आग्रह गरे ।

बल प्रयोग गरेर इतिहास र पौराणिकतासँग सम्बन्धित भावनात्मक मुद्दा हल गर्न खोजियो भने त्यो दुर्भाग्यपूर्ण हुने अध्यक्ष प्रचण्डको चेतावनी थियो ।

पाथीभराको मुद्दा सांस्कृतिक र भावनात्मक ऐतिहासिक मुद्दा भएको जनाउँदै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे । साथै उनले सबैलाई मान्य हुने समझदारीको बाटो खोज्नु पर्ने बताए । 

आन्दोलनका क्रममा प्रदर्शनकारी मात्र नभएर थुप्रै प्रहरीसमेत घाइते भएको हुँदा यस विषयलाई सुल्झाउन वार्ता र संवादको माध्यमबाट समाधान खोज्नुपर्नेमा उनले जोड दिए । सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बस्न सोमबार पनि आह्वान गरिसकेको छ । आन्दोलनरत पक्षले कर्मचारीसँगको वार्ता टुंगोमा पुग्न नसक्ने भन्दै मन्त्रिस्तरीय वार्ता टोली गठन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार