
काठमाडौं, फागुन १४ :
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चौथोपटक स्पष्टीकरण सोधेका छन् । घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मंगलबार पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
घिसिङलाई नेपाल-भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएकोलगायत विषय समेटेर स्पष्टीकरण सोधिएको छ । पछिल्लोपटक पुस २२ मा सोधिएको ९ बुँदे स्पष्टीकरणको पनि चित्त बुझ्दो जवाफ नभएको पत्रमा उल्लेख छ । त्यतिबेला घिसिङले आफूले गरेका कामको प्रगति विवरण बुझाएका थिए ।
मन्त्री खड्काले यसअघि गत असोज २२ गते र कात्तिक १३ गते पुस २२ मा गरी तीनपटक स्पष्टीकरण साेधिसकेका छन् घिसिङले सरकारलाई असहयोग गरेको भन्दै मन्त्री खड्काले सुरुदेखि नै उनलाई हटाउन लागिपरेका छन् ।
यो पनि…