बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

२४ घण्टाभित्र बुझाउने गरी ऊर्जामन्त्रीले सोधे कुलमानलाई चौथोपटक स्पष्टीकरण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
२४ घण्टाभित्र बुझाउने गरी ऊर्जामन्त्रीले सोधे कुलमानलाई चौथोपटक स्पष्टीकरण
काठमाडौं, फागुन १४ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चौथोपटक स्पष्टीकरण सोधेका छन् । घिसिङलाई पदबाट किन नहटाउने भन्दै मन्त्री खड्काले मंगलबार पुनः २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

घिसिङलाई नेपाल-भारत द्विपक्षीय विद्युत् विनिमय समितिको बैठकमा कुन निकायको स्वीकृति लिएर गएकोलगायत विषय समेटेर स्पष्टीकरण सोधिएको छ । पछिल्लोपटक पुस २२ मा सोधिएको ९ बुँदे स्पष्टीकरणको पनि चित्त बुझ्दो जवाफ नभएको पत्रमा उल्लेख छ । त्यतिबेला घिसिङले आफूले गरेका कामको प्रगति विवरण बुझाएका थिए ।

मन्त्री खड्काले यसअघि गत असोज २२ गते र कात्तिक १३ गते पुस २२ मा गरी तीनपटक स्पष्टीकरण साेधिसकेका छन्  घिसिङले सरकारलाई असहयोग गरेको भन्दै मन्त्री खड्काले सुरुदेखि नै उनलाई हटाउन लागिपरेका छन् ।

यो पनि…

कुलमानविरुद्ध किन आलोचनामा उत्रिए ऊर्जामन्त्री खड्का ?

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार