
तनहुँ, फागुन १४ :
तनहुँको ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले पूर्वसांसदका छोरा ५७ वर्षीया प्रभात आलेलाई कुटपिट गरेका छन्। जग्गाको विषयमा भएको विवादले गाउँपालिका अध्यक्षले आफूमाथि कुटपिट गरेको आलेले बताए। कुटाइ खाएका आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्।
आलेले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएका छन्। विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको उनका आरोप छ। गत फागुन ७ गते रातिको यो घटना बल्ल सार्वजनिक भएको हो। प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएका छन्। गाउँपालिका अध्यक्ष श्रेष्ठले भने आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको बताए।