काठमाडौं, फागुन १४ :

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पूर्वराजाले बोलेको विषयले डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरु संस्थागत हुँदै गएको, अभ्यासहरु परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताए ।

सरकारले जनपेक्षाअनुसारका काम गर्न नसकेको खनालको भनाइ छ । जनचाहनाअनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको उनको दाबी छ ।