बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
खेलकुद क्रिकेट

कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जित्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जित्यो
कैलाली, फागुन १५ :

धनगढीको फाप्ला मैदानमा सम्पन्न तेस्रो संस्करणको एसपिए कैलाली प्रिमियर लिगको उपाधि भिमदत्त नगरपालिकाले जितेको छ । 

आज भएको खेलमा पुनर्वास नगरपालिकालाई ५ विकेटले पराजित गर्दै भिमदत्तले उपाधि जितेको हो । 

उपाधिसँगै भिमदत्तले नगद दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको पुनर्वासले एक लाखमा चित्त बुझाएको छ । भिमदत्त नगरपालिकालाई उपाधि दिलाउन साजन बिटालु र प्रकाश पाण्डेयले ९३ रनको अविजित अर्धशतकीय साझेदारी गरे । बिटालुले ६७ तथा पाण्डेयले ५४ रनको अविजित अर्धशतकीय पारी खेले । 

भिमदत्त नगरपालिकालका लागि मिलन बोहराले ३४ रनको योगदान दिए । 

प्रतियोगितामा भिमदत्त नगरपालिका अरूण ऐरी सर्वोकृष्ट खेलाडी भए । उनले नगद २५ हजार प्राप्त गरे । उनी दुई खेलमा ‘प्लेर अफ दि म्याच’ भएका थिए भने प्रतियोगितामा उनले १० विकेट लिएका थिए । पुनर्वास नगरपालिका दीपक बोहोरा उत्कृष्ट ब्याटर भए । उनले नगद १५ हजार प्राप्त गरे ।

उनले प्रतियोगितामा एक सय ८२ रन बनाएका थिए । त्रिवेणी नगरपालिकाका दीपक टमट्टा उत्कृष्ट बलर भए । उनले पनि नगद १५ हजार प्राप्त गरे । उनले प्रतियोगितामा १० विकेट लिएका थिए । धनगढी उपमहानगरपालिका मनिस जोशी उदयमान खेलाडी भए । उनले नगद १० हजार प्राप्त गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार