काठमाडौं, फागुन १७ :

कला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव सुरु भएको छ ।

काठमाडौंको पर्यटन बोर्डमा शुक्रबार उत्सव सुरु भएको हो । राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव सुरु भएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, वरिष्ठ साहित्यकार वैरागी काइँला, अनुप बराललगायत साहित्यकारको उपस्थिति छ ।

उत्सवले साहित्य,सम्पदा, सभ्यता, पहिचानलाई उजागर गरी संरक्षण गर्नुपर्नेमा जोड दिएको छ । यस किसिमका उत्सवहरु देशका विभिन्न कुना-कन्दरामा पनि हुन जरुरी रहेको साहित्यकारहरुको भनाइ छ ।

उत्सवमा साहित्यकारहरुले आफ्ना सिर्जना वाचन गरेर सुनाएका थिए । साहित्यकारहरुले साहित्यमार्फत देशको संस्कार, संस्कृति, सभ्यता, पहिचानलाई प्रवर्द्धन गर्न जरुरी रहेको बताए ।