
अनलाइन सपिङ गन्तव्य, दराज नेपालले निकै प्रतिक्षित ३.३ मार्च म्याडनेस क्याम्पेनको घोषणा गरेको छ ।
ग्राहकले यस क्याम्पेनअन्तर्गत ६० प्रतिशतसम्मको छुट, निःशुल्क डेलिभरी र ५० लाख रुपैयाँबराबरको भौचर प्राप्त गर्न सक्नेछन् । फागुन १९ देखि फागुन २३ सम्म चल्ने क्याम्पेनले नेपाली ग्राहकलाई किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।
क्याम्पेन अवधिभर, दराजका ग्राहकहरूले फ्ल्यास सेलमार्फत दैनिक रूपमा आकर्षक छुटको लाभ लिन सक्नेछन् । यसअन्तर्गत, ग्राहकले सिताफिल, अइविबी, डा. केयरलगायत विभिन्न ब्रान्डमा ६० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । सीमित अवधिका लागि मात्र उपलब्ध हुने यी अफर हरेक दिन अपडेट गरिने जानकारी कम्पनीले दिएको छ । तसर्थ, ग्राहकलाई दराज एपको ‘फ्ल्यास सेल’ सेक्सन नियमित रूपमा जाँच गर्न कम्पनीले अनुरोध गरेको छ ।
त्यसैगरी, बेस्ट प्राइस ग्यारेन्टी, बीपीजी कार्यक्रमअन्तर्गत ग्राहकले थप आकर्षक अफरको अनुभव प्राप्त गर्न सक्नेछन् । यसअन्तर्गत यदि कुनै ग्राहकले नेपालकै अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा दिइएको भन्दा सस्तो मूल्यमा फेला पार्छन् भने, दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्ने जानकारी दिइएको छ । तर, यसका लागि दाबी योग्यता र मापदण्डअनुरूप हुनुपर्नेछ ।
३.३ क्याम्पेनको अर्को प्रमुख आकर्षणका रुपमा निःशुल्क डेलिभरी सुविधा छ । यसअन्तर्गत ग्राहकले कम्तीमा ४९९ रुपैयाँको खरिद गर्दा चुनिएका विक्रेताबाट निःशुल्क डेलिभरी सुविधा प्राप्त गर्नेछन् । निःशुल्क डेलिभरीका भौचर प्राप्त गर्न, दाराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी निर्धारित पृष्ठमा जान सकिनेछ ।
३.३ क्याम्पेन, केवल छुट र बचतका लागि मात्र नभइ, उपभोक्ताहरुलाई उत्कृष्ट अनलाइन किनमेल अनुभव प्रदान गर्ने उद्देश्यका साथ आयोजना गरिँदै आइरहेको कम्पनीको भनाइ छ । क्याम्पेनअन्तर्गत स्वास्थ्य तथा सौन्दर्य, फेसन, अडियो तथा वेयरेवल्स, फर्निचर, घर सजावट र अन्य विविध उत्पादनमा अविश्वसनीय अफरहरू उपलब्ध रहने जानकारी दिइएको छ ।