बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सरकार दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउने तयारीमा

सरकारको दाबी : दल विभाजन होइन, कानूनी सुधार मुख्य उद्देश्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
सरकार दल विभाजनसम्बन्धी व्यवस्था संशोधन गर्न विधेयक ल्याउने तयारीमा
फाइल फोटो ।
काठमाडाैं, फागुन १८ :

सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ संशोधनका लागि संसदमा विधेयक अघि बढाउने तयारी गरेको छ। सत्तारूढ दल कांग्रेस र एमालेबीचको सहमतिअनुसार, राजनीतिक दलसम्बन्धी व्यवस्थामा संशोधन गर्न यो विधेयक ल्याउन लागिएको हो।

गृहमन्त्री रमेश लेखकका अनुसार दफा ३३ को केही व्यवस्था लामो समयदेखि निस्क्रिय अवस्थामा रहेको हुँदा त्यसलाई पुनः लागू गर्न विधेयक प्रस्ताव गरिएको हो। दफा ३३ को उपदफा २ अनुसार कुनै दलको केन्द्रीय समिति र संघीय संसद सदस्यहरूको ४० प्रतिशत बहुमत भएमा नयाँ दल गठन गर्न सकिने व्यवस्था रहेको छ।गृहमन्त्री लेखकले यो विधेयक कुनै दल फुटाउनका लागि नभई मृत अवस्थामा रहेको कानूनलाई पुनर्जीवित गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारे।

विधेयक पारित भए दल विभाजन सहज हुन सक्ने आँकलन गरिएको छ। सरकारले प्रतिपक्षी दलहरूमाथि दबाब दिन र संसदमा अध्यादेश पारित गराउने वैकल्पिक उपाय खोज्न यो विधेयक ल्याउन लागेको आशंका गरिएको छ।

हाल दल विभाजनका लागि आवश्यक प्रतिशत घटाउने वा बढाउने विषयमा छलफल भइरहेको गृहमन्त्री लेखकले बताए। ‘पहिलेको अध्यादेशमा २० प्रतिशत राखिएको थियो, उनले भने, ‘अहिले कति प्रतिशत राख्ने भन्नेबारे सोच्दैछौँ। आवश्यक परेमा तत्काल संशोधन गरिन्छ।’सरकारले यो विधेयक संसदको आगामी बैठक (२१ गते बुधबार) मा पेस गर्ने तयारी गरिरहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार