बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति स्वास्थ्य

कान्ति बाल अस्पतालको शैय्या विस्तारमा सहयोग गर्न जापानका राजदूतलाई स्वास्थ्य मन्त्रीको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
कान्ति बाल अस्पतालको शैय्या विस्तारमा सहयोग गर्न जापानका राजदूतलाई स्वास्थ्य मन्त्रीको आग्रह
काठमाडाैं, फागुन १८ :

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कान्ति बाल अस्पताललाई एक हजार शैय्यामा विस्तार गर्न जापान सरकारसँग सहयोगको आग्रह गरेका छन्।

नेपालका लागि जापानी राजदूत तोरु मायदासँग हालैको भेटमा मन्त्री पौडेलले बालबालिकाको उपचारका लागि विशिष्ट अस्पताल भए पनि पर्याप्त पूर्वाधारको अभाव रहेको भन्दै जापान सरकारलाई आवश्यक सहकार्यका लागि अनुरोध गरेका हुन्।

भेटका क्रममा मन्त्री पौडेलले एक्सरे फिल्मको प्रयोग निरुत्साहित गरी डिजिटल वितरण प्रणालीलाई प्रवर्द्धन गर्ने सरकारको योजनामा पनि जापानको साथ आवश्यक रहेको बताए। जवाफमा राजदूत मायदाले नेपाल–जापान सम्बन्धलाई मजबुत बनाउने क्रममा अस्पताल विस्तार योजनामा सकारात्मक सहयोग रहने आश्वासन दिएका छन्।

मन्त्री पौडेलले कान्ति बाल अस्पतालको सेवा विस्तार गर्दै बढी क्षमतामा प्रभावकारी बाल उपचार उपलब्ध गराउने योजना अघि सारेका छन्। यस अभियानलाई सफल बनाउन विभिन्न क्षेत्रसँग सहकार्य र संवाद भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार