
वीरगञ्ज, फागुन १९ :
निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन नेसनल प्याब्सनको अध्यक्षमा गीता राणा सर्वसम्मत चयन भएकी छिन् । पर्साको वीरगञ्जमा सम्पन्न महाधिवेशनले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।
यस्तै वरिष्ठ उपाध्यक्षहरूमा ज्ञानेन्द्रमोहन भट्टराई, सूर्यबहादुर अधिकारी, बृजेन्द्र मिश्र, सुबोध डाँगी र कमल बहादुर सिंह चयन भएका छन् ।
यस्तै उपाध्यक्षमा तिलक बहादुर चौहान, कुमार बहादुर भट्टराई, डम्बरबहादुर कार्की, कुसुम रानाभाट, कृष्णकुमार उप्रेति, धर्मराज रेग्मी, डा नन्दन यादव चयन भएका छन् । महासचिवमा प्रतापबहादुर थापा र कोषाध्यक्षमा कुबेर बस्नेत चयन भएका छन् ।