बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

ओलीको कार्यकालको मूल्याङ्कन गर्दै प्रचण्डले भने- फेल भइसकेका प्रधानमन्त्री पदमा बस्न मिल्दैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १९ फागुन, २०८१ मा प्रकाशित
ओलीको कार्यकालको मूल्याङ्कन गर्दै प्रचण्डले भने-  फेल भइसकेका प्रधानमन्त्री पदमा बस्न मिल्दैन
फाइल तस्बिर।
धनुषा, फागुन १९ :

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्। आइतबार धनुषामा माओवादी तराई-मधेस जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीको कार्यकालको मूल्याङ्कन गर्दै अध्यक्ष दाहालले भने, ‘सरकारको कार्यसम्पादनमा ओलीले उत्तिर्णाङ्क पनि प्राप्त गरेका छैनन्, त्यसैले उनले राजीनामा दिनु पर्ने छ।’ उनले ओलीको शिक्षकमाथि गाली गर्ने र आफैँ अनुत्तीर्ण हुने आरोप पनि लगाए।

२८ प्रतिशत मात्र ल्याउने प्रधानमन्त्रीलाई पदमा बस्न मिल्दैन दाहालले भने, ‘ तपाईंको क्याबिनेटको कार्यसम्पादन मूल्याङ्कनमा  २८ प्रतिशतमा पर्नुभएको छ। तपाईं त फेल भइसक्नु भएको छ।’

साथै, उनले प्रधानमन्त्री ओलीको आलोचना गर्दै शिक्षा, कर्मचारी र व्यवस्थापनसँग सम्बन्धित मुद्दामा सरकारको असफलता र राष्ट्रलाई थप ऋणमा डुबाउने आरोप पनि लगाए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार