
काठमाडौं, फागुन १९ :
नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचारमा छुट पाउने भएका छन् ।
उनीहरुलाई पेइङ क्लिनिक, सिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको हो ।
छुटसम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्लले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी, कर्मचारीले उक्त छुट पाउन सक्नेछन् ।
छुटका लागि कोषको परिचयपत्र वा सहभागी परिचयपत्र अनिवार्य पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।