बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
अर्थतन्त्र सेयर बजार

नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक, झन्डै १४ अंकले घट्दा १४ अर्ब २८ करोडको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
नेप्सेको उच्च वृद्धिमा लाग्यो ब्रेक, झन्डै १४ अंकले घट्दा १४ अर्ब २८ करोडको कारोबार
काठमाडौं, फागुन २० :

नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ७४ दशमलव २४ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज (सोमबार) भने १३ दशमलव ६२ अंकले घटेर २८ सय ७६ दशमलव ६६ अंकमा झरेको छ ।

यसैगरी (क) वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ७१ अंकले घटेर चार सय ८० दशमलव ५९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सयवटा कम्पनीको एक लाख ३९ हजार पाँच सय ५५ पटकको कारोबारमा ३ करोड १२ लाख ४१ हजार दुई सय ५८ कित्ता सेयर खरिद बिक्री भए । जसमा कुल कारोबार रकम १४ अर्ब २८ करोड ४५ लाख १० हजार पाँच सय ९५ रुपैयाँ पुग्यो

नेप्सेमा आज १३ समूहको सेयर कारोबार भएकामा पाँचवटा समूहको सूचक बढेर बाँकीको घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक १९ दशमलव ९४ अंकले घटेर १४ सय ४७ दशमलव ६९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ५० दशमलव शून्य सात अंकले घटेर पाँच हजार नौ सय तीन दशमलव ८८ अंकमा झरेको छ ।

फाइनान्स समूहको सूचक २७ दशमलव २३ अंकले घटेर २८ सय ९५ अंकमा झरेकामा जलविद्युत् समूहको सूचक ४७ दशमलव ४१ अंकले घटेर तीन हजार आठ सय ४७ दशमलव ३४ अंकमा झरेको छ । यीबाहेक होटेल तथा पर्यटन, लगानी, लघुवित्त र व्यापार समूहको सूचक क्रमशः एक सय ३३ दशमलव शून्य नौ, शून्य दशमलव २९, ४७ दशमलव १९ र ३६ दशमलव ५८ अंकले घटेका छन् ।

जीवन बिमा समूहको सूचक भने एक सय १३ दशमलव २१ अंकले बढेर १४ हजार ६ सय ७१ दशमलव ८७ अंकमा चढेको छ ।  निर्जीवन बिमा समूहको सूचक ६२ दशमलव शून्य ६ अंकले बढेर १३ हजार चार सय ५९ दशमलव १५ अंकमा चढेको छ ।

यसैगरी उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समूहको सूचक क्रमशः २० दशमलव ३१, शून्य दशमलव शून्य २० र ४२ दशमलव २२ अंकले बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा समाज लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा हिमालयन री-इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार