बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति कर्णाली प्रदेश

गफ चुट्ने नेताबाट देशको रुपान्तरण सम्भव छैन : महासचिव चन्द

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
गफ चुट्ने नेताबाट देशको रुपान्तरण सम्भव छैन : महासचिव चन्द
काठमाडौं, फागुन २० :

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले देशलाई समृद्ध बनाउनका लागि राजनीतिलाई आर्थिक क्रान्तिसँग जोड्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘पत्रकार सम्मेलन’ मा उनले कृषि तथा आर्थिक क्रान्तिबाट आत्मनिर्भर मुलुक निर्माण अबको मूल सवाल भएको बताए । 

उत्पादनसँग जोडिएको पार्टीको अभियानअन्तर्गत सल्यान, रुकुम, रोल्पा, जुम्ला, कालीकोट, दैलेख हुँदै एक महिनाको अवधिमा सुर्खेत पुगेका उनले गफ चुट्ने नेताबाट देशको रुपान्तरण सम्भव नभएको तर्क गरे ।

‘उत्पादनविनाको सुखभोग गर्नु कि भ्रष्टाचार हो कि त भने शोषण गर्नु नै हो । अब उत्पादन अभियानमा जोडिनुको विकल्प छैन,’उनले भने,‘हरेकले पहिलो आफ्नो पार्टी, नेता, कार्यकर्ता आत्मनिर्भर बनाउँ अनि मात्र जनतालाई गएर उत्पादनमूलक कार्यमा जोडौँ । विदेशी एवं दातृ निकायहरुसँग ऋण लिने वा भिख मागेर देश समृद्ध बन्न सक्दैन ।’

नेता विप्लवले अनुसार कर्णालीका डाँडापाखा ढाकिने गरी स्याउ तथा अन्य कृषि कार्य गर्न सकिन्छ तर अचेल कम्युनिस्ट नेतामा आवारा प्रवृत्ति बढ्दै गएको छ ।उपयोग र निषेधवादी नीतिबाट नभई रुपान्तरणकारी सोच र उद्देश्यबाट माओवादी तथा कम्युनिस्ट एकता हुने र त्यो सम्भव रहेको महासचिव चन्दले बताए ।

 राजनीतिक गर्नेले श्रम गर्नुपर्ने भन्दै उनले जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नाका साथै कालीकोटमा भेडा फार्म उद्घाटन गरिएको बताए । भेडा फार्ममा अहिले करिब १५० भेडा रहेको र त्यसमा स्थानीय जनताले सहयोग गरेको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार