काठमाडौं, फागुन २१ :

कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेब सिरिज लिएर आएका छन् ।

कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन् । यो सविन श्रेष्ठ नामक युटुब च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीका रुपमा देखिँदै छन् ।

काठमाडौं सहरमा कोठा भाडा लिई बस्ने दुई युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथोकी, सीताराम दाहाल, सुलेमान शंकरलगायत कलाकारको अभिनय छ ।

सविन भन्छन्, ‘मैले काम गरेका फिल्म अक्सर एक्सन जनराका छन् तर कमेडी जनराको वेबसिरिज लिएर आएका छौं । बाहिरबाट आएका युवायुवतीले काठमाडौंमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं । जसले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ ।’