शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो #नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण#भुटानको हिमताल#फुट्यो
मनाेरञ्जन कला

सबिन श्रेष्ठले ल्याए ‘ए घरबेटी बा’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
सबिन श्रेष्ठले ल्याए ‘ए घरबेटी बा’
काठमाडौं, फागुन २१ :

कलाकार सविन श्रेष्ठले ‘ए घरबेटी बा’ नामक वेब सिरिज लिएर आएका छन् ।

कमेडी जनरामा तयार पारिएको सिरिजको ट्रेलर सार्वजनिक भएको छ । दिनेश खड्काको कथा तथा निर्देशन रहेको सिरिजलाई अनु शाहले निर्माण गरेकी हुन् । यो सविन श्रेष्ठ नामक युटुब च्यानलमार्फत प्रशारण हुनेछ । सविन श्रेष्ठ एज रक्की, दिनेश खड्का एज एचडी र प्रकाश श्रेष्ठ एज धनकाजीका रुपमा देखिँदै छन् ।

काठमाडौं सहरमा कोठा भाडा लिई बस्ने दुई युवा र घरबेटीको कथालाई मुख्य आधार बनाइएको सिरिजमा मोनिका बुढाथोकी, सीताराम दाहाल, सुलेमान शंकरलगायत कलाकारको अभिनय छ ।

सविन भन्छन्, ‘मैले काम गरेका फिल्म अक्सर एक्सन जनराका छन् तर कमेडी जनराको वेबसिरिज लिएर आएका छौं । बाहिरबाट आएका युवायुवतीले काठमाडौंमा गर्नुपर्ने संघर्षको कथालाई कमेडी शैलीमा भन्न खोजेका छौं । जसले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेछ ।’

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार