
प्रतीकात्मक तस्बिर ।
माेरङ, फागुन २१ :
मोरङको बक्राहा खोला किनारमा एउटै डोरीले पासो लागेको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ।
पथरीशनिश्चरे नगरपालिका–५, मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखको हाँगोमा सँगै झुन्डिएका अवस्था २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ की जुबामुनी मृत फेला परेका हुन्।
दुवै मृतक विवाहित हुन्। प्रारम्भिक अनुसन्धानका आधारमा, प्रेम सम्बन्धमा समस्या उत्पन्न भएकोले दुवैले सल्लाह गरी आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ।
जुबामुनीका पति वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा छन् र उनका एक वर्षका छोरा पनि छन्। अजयका पनि दुई छोराछोरी रहेका छन्।
प्रहरीका अनुसार, अजयले जुबामुनीलाई आइतबार राति आफ्नै घरमा लिएर आएका थिए।घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।