बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार प्रदेश लुम्बिनी प्रदेश

पाल्पाको जङ्गलमा अपराह्नदेखि लागेको आगो नियन्त्रणमा नआउँदा गाउँ जोखिममा 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ फागुन, २०८१ मा प्रकाशित
पाल्पाको जङ्गलमा अपराह्नदेखि लागेको आगो नियन्त्रणमा नआउँदा गाउँ जोखिममा 
तानसेन , फागुन २१ :

पाल्पाको रिब्दीकोट गाउँपालिका- १ ख्याहा मधुवन सामुदायिक वन  र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ । 

आज अपराह्नदेखि लागेको आगो निभाउने प्रयास जारी रहे पनि पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेको रिब्दीकोट गाउँपालिका- १, ख्याहाका वडाध्यक्ष चीरञ्जीवी पोखरेलले जानकारी दिए । 

आगो नियन्त्रण नहुँदा ख्याहाको गैरीगाउँ र देउरालीको डम्बक, लघुवा गाउँ जोखिममा रहेको उनले जानकारी दिए ।  

सल्लाको जङ्गल भएकाले आगोले उग्र रूप लिएको छ । डढेलो नियन्त्रणका लागि तानसेन नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, सब- डिभिजन वन कार्यालयका कर्मचारी, स्थानीय बासिन्दा र जनप्रतिनिधि खटिएका छन् । 

दुई वटा सामुदायिक वनको करिब १० हेक्टर डढेलोले सखाप पारिसकेको डिभिजन वन कार्यालयले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार