बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, राष्ट्रिय सभामा अध्यादेशहरू स्वीकृतिका लागि पेस हुने
काठमाडौँ, फागुन २३ :

सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । 

आज दिउँसो १ : १५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा विभिन्न पाँच अध्यादेशहरू स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

यी अध्यादेश बुधबार प्रतिनिधि सभाबाट पारित भइसकेका छन् । भूमिसम्बन्धी अध्यादेशबारे अझै सहमति जुट्न सकेको छैन ।

राष्ट्रिय सभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तरको कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, आजै दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक पनि बस्दै छ । 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार