
काठमाडाैं, फागुन २३ :
पूर्वयुवराज पारस शाह पाँच दिनको उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो। दुई दिनअघि उनलाई अस्पतालको प्राइभेट वार्डमा सारिएको थियो ।
शाहलाई आइतबार हृदयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो। शाहको आइतबार बेलुकी नै एन्जियो प्लास्टिक गरिएको थियो । डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोली उनको उपचारमा संलग्न थिए।
वंशाणुगतकै कारण पारसलाई पटकपटक हृदयघात हुने गरेको चिकित्सकको अनुमान छ । चिकित्सकका अनुसार पारसलाई अहिलेसमेत चौथो पटक हृदयघात भएको थियो । उनलाई यसअघि पनि मुटुमा समस्या हुने गरेको थियो।