बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
मनाेरञ्जन कला

दोस्रो सातामा चल्दै ‘लाज शरणम्’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
दोस्रो सातामा चल्दै ‘लाज शरणम्’
काठमाडौं, फागुन २३ :

शिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो साता प्रवेश गरेको छ ।

राम्रो व्यापारसहित सिनेमा दोस्रो सातामा प्रवेश गरेको निर्माण पक्षले जनाएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो सिनेमालाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।

‘हाम्रो चलचित्र सफलतासहित दोस्रो सातामा प्रवेश गरेको छ,’ उनले भने, ‘दर्शकको राम्रो प्रतिक्रिया र राम्रो व्यापार गर्दै लाज शरणम् दोस्रो सातामा प्रवेश गरेको हो ।’

‘लाज शरणम्’ले पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसयताको कलेक्सन भनेको निर्माणपक्षले सार्वजनिक गरेको छैन ।  

चलचित्रमा महेश त्रिपाठी, सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार