आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति मधेस प्रदेश भिडियो

बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने- सबैले मिलेर व्यवस्था जोगाउनुपर्छ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
बालेनको पुर्ख्यौली घरमा पुगेर प्रचण्डले भने- सबैले मिलेर व्यवस्था जोगाउनुपर्छ
महोत्तरी, फागुन २३ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को पुर्ख्यौली घर महोत्तरी पुगेका छन् ।

प्रचण्डसहितका माओवादी नेताहरु आज (बिहीबार) बिहान महोत्तरीको एकडारा गाउँपालिकामा रहेको मेयर शाहको घरमा पुगेका हुन् । शाहको त्यस घरमा हाल एकडारा गाउँपालिकाले भाडामा लिएर कार्यालय सञ्चालन गरेको छ ।

मेची महाकाली तराई-मधेस जागरण अभियानअन्तर्गत माओवादीले आज महोत्तरीस्थित शाहको घरमा कार्यक्रम गरेको छ । त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सबै मिलेर व्यवस्था जोगाउन र देश बनाउन आग्रह गरे ।

उनले एकथरी मानिसहरु प्राप्त उपलब्धि उल्ट्याउने प्रयास गरिरहेको भन्दै त्यसको विरुद्ध एकजुट हुनुपर्ने बताएका हुन् । उनले मिटरब्याज पीडितहरुको समस्या माओवादीले मात्र समाधान गर्न सक्नेसमेत दाबी गरे ।

प्रचण्डले भने, ‘बालेनजीले पनि सुनिरहनुभएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’ उनले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार