
चौधरी ग्रुपअन्तर्गत सेन्साई ब्रान्डले गर्मीलाई लक्षित गर्दै विभिन्न मोडलका कुलरहरु नेपाली बजारमा भित्र्याएको छ ।
स्टे कुल स्टे कम्फर्ट भन्ने नाराका साथ सेन्साईले डेसर्ट, मिनी डेसर्ट, पर्सनल र टावर कुलरहरु विभिन्न मोडल र क्षमताका साथै नयाँ र आकर्षक विशेषतासहित बजारमा ल्याएको छ । यी कुलर अब आफैंले रोजेजस्तो मूल्यमा खोजेको जस्तो कुलरहरु पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले यी कुलरमा १२ महिनाको वारेन्टी दिएको छ ।
जापनिज प्रविधिबाट निर्मित यी कुलरमा इन्भर्टर कम्प्याटिबल, हनिकम्ब फर इफेक्टिब कुलिङ, कास्टोर हुइल फर इजी मोबिलिटी, ४वे सुइङ डिफ्लेक्सन, आइस च्यामबर, वाटर लेबल इन्डिकेटर आदि जस्ता आकर्षक विशेषता छन् । इन्भर्टर कम्प्याटिबल भएको कारणले गर्दा यी कुलरहरु बत्ती नभएको बेलामा पनि इन्भर्टरबाट सजिलै चल्छ ।
यिनीहरुमा हनिकम्ब भएकाले एकदमै चिसो दिन्छ । चारैतिर हावा प्रवाह गर्न यसमा ४वे सुइङ डिफ्लेक्सनजस्ता विशेषता पनि जडान गरिएको छ । कुलरलाई एक ठाउँबाट अर्को ठाउँमा लैजानलाई यसमा कास्टोर हुइल राखिएको छ । वाटर लेबल इन्डिकेटको मार्फतबाट कुलरमा कति पानी छ भन्ने सजिलै थाहा पाउन सकिन्छ ।
त्यस्तै अझै धेरै चिसोको लागि यसमा आइस च्याम्बर पनि राखिएको छ । चौधरी ग्रुपअन्तर्गत सीजी इलेक्ट्रोनिक्स डिभिजनमा नेपालकै एकमात्र आधिकारिक विक्रेताका रुपमा ईओएल प्राइभेट कम्पनीमार्फत सेन्साईका कुलरहरु बिक्री-वितरण भइरहेको छ ।