
काठमाडौं, फागुन २३ :
पाटन उच्च अदालतले पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिका बीच भएको गौशाला धर्मशाला सञ्चालन सम्झौता खारेज गर्दै यसको सञ्चालनको जिम्मेवारी फेरि मारवाडी सेवा समितिलाई दिएको छ।
गत असोजमा काठमाडौँ महानगरसँग गरेको सम्झौताविरुद्ध मारवाडी सेवा समितिले उच्च अदालतमा रिट दायर गरेको थियो। न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र हेमन्त रावलको इजलासले उक्त सम्झौतामा खारेज गर्दै धार्मिक स्थलको सञ्चालन जिम्मा पुन: मारवाडी सेवा समितिको पाउने आदेश दिएको हो। मारवाडी सेवा समितिले पहिलेदेखि गौशाला धर्मशाला सञ्चालन गर्दै आएको थियो।