मंगलबार, १७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल #बालेन गगन#कार्यसमिति विवरण#आयोगमा अध्यावधिक#कांग्रेसको निर्वाचित कार्यसमिति#होर्डिङ बोर्ड विज्ञापन#राजस्व उठाउने तयारीमा#प्रतिभा रावल#भूमिहीन#जग्गाधनी पुर्जा वितरण#काठमाण्डु गोर्खाज#पहिलो जित दर्ता#प्रस्तावित राजदूत#जीज्ञानकुमार थापा#भोटेकोशी बाढी प्रभावित#परराष्ट्र मन्त्रालयका सचिव#अमृतबहादुर राई#प्रतिपक्षी दल#संसद् बैठक आह्वान गर्न माग#महासचिव शंकर पोखरेल
खेलकुद

विश्व पाराएथलेटिक्समा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
विश्व पाराएथलेटिक्समा नेपालबाट ६ खेलाडीले प्रतिस्पर्धा गर्ने
काठमाडौँ, फागुन २४ :

विश्व पाराएथलेटिक्स ग्रान्ड प्रिक्समा भाग लिन नेपाली टोली आज भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछन्

 पाराएथलेटिक्समा नेपालबाट छ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । 

भारतको नयाँ दिल्लीमा यही मार्च ७ देखि १४ तारिख (फागुन २३ देखि आगामी चैत १ गते) सम्म हुने उक्त प्रतियोगितामा पाँच पुरुष र एक महिला खेलाडीले नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य- सचिव टङ्कलाल घिसिङले बिहीबार आयोजित एक कार्यक्रममा खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् ।

पुरुष चार सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्नेछन् । प्रभा आङदेम्बेले महिला दुई सय, चार सय मिटर दौड र लङजम्पमा भाग लिनेछिन् ।

‘अफिसियल’मा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी र प्रशिक्षकमा विमला राना मगर छन् । एक महिनाको अन्तरालमा नेपालले पाराएथलेक्टसमा सहभागिता जनाएको यो दोस्रो पटक हो ।

नेपालले गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबईमा भएको ग्रान्ड प्रिक्समा सहभागिता जनाएको थियो । खेलाडीमा प्रभा र नवराज तथा प्रशिक्षकमा विमला उक्त टोलीमा पनि दोहोरिएका थिए । दुबईमा गरेको प्रदर्शनका आधारमा प्रभा र नवराजलाई पुनः टोलीमा समावेश गरिएको राखेपले जनाएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार