बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्रतिनिधि सभा र राष्ट्रिय सभाको बस्दै, यस्तो छ कार्यसूची

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २४ फागुन, २०८१ मा प्रकाशित
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बस्दै, यस्तो छ कार्यसूची
फागुन २४ :

सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । 

दिउँसो एक बजे प्रतिनिधि सभाको बैठक बस्दै छ । 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन आ.व. २०८०-२०८१’  पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस’  भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आजै दिउँसो १ : १५ बजे बस्ने राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठकमा कृषि तथा पशपुन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यक्रम रहेको छ ।

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रिय सुरक्षा परिषद्को आ.व. २०८०- ७९ को छैटौँ वार्षिक प्रतिवेदन” सभासमक्ष पेस गर्नेछन् ।

बैठकमा अर्थ मन्त्री  विष्णु पौडेलले “ प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैङ्किङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार