
म्याग्दी, फागुन २५ :
म्याग्दी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
शनिबार बिहान ३ बजेर १४ मिनेटमा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा समेत महसुस भएको स्थानीयले बताएका छन् ।
यस्तै, म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।