काठमाडौँ, फागुन २५ :

माओवादीको हुलाकी राजमार्ग केन्द्रीत अभियान रौतहट पुगेको छ ।

नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आज रौतहटमा विभिन्न कार्यक्रम गर्दैछ । 

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै शुक्रबार साँझ रौतहट पुगेको हो ।

प्रचण्डसहितका माओवादी नेताले गरुडा नगरपालिकामा शनिबार मर्निङवाकसँगै आजको अभियान सुरु गरेका छन् । 

मर्निङवाकपछि प्रचण्डले क्याम्पस रोड मेथुरमा स्थानीयसँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।