बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

एमाले मोरङको दसौं अधिवेशन : पूर्वराष्ट्रपति भण्डारीनिकट समूहको प्यानल नै विजयी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
एमाले मोरङको दसौं अधिवेशन : पूर्वराष्ट्रपति भण्डारीनिकट समूहको प्यानल नै विजयी
विराटनगर, फागुन २५ :

एमाले मोरङको दसौं अधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट समूहको प्यानल नै विजयी भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका उम्मेदवार पराजित भएका छन् ।

शुक्रबार साँझ सार्वजनिक मत परिणामअनुसार अजम्बर राईले ४ सय ४६ मत ल्याउँदै अध्यक्षमा विजयी भए । उनका प्रतिस्पर्धी संस्थापन पक्षका राजकुमार ओझाले ४ सय ७ मत ल्याए ।

जिल्ला अधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व विनोद ढकालले गरेका थिए । उनी पक्षका सागर थापा ४ सय २२ मत ल्याई उपाध्यक्षमा विजयी भए । थापाका प्रतिस्पर्धी संस्थापनकी शान्तिकुमारी लिम्बूले ३ सय ९१ मत पाइन् ।

सचिवमा विजयी भएका सोमराज थापाले ४ सय ६२ मत ल्याउँदा संस्थापनका रविन थापाले ३ सय ६८ मत पाए । उपसचिवमा सन्तोष वान्तवाले ४ सय ९० र उषा झाले ४ सय १८ मत ल्याउँदा संस्थापन पक्षका इर्जालाल राजवंशीले ३ सय ११ र शिल्पा कार्कीले ४ सय ५ मत पाए ।

अधिवेशनमा कुल ८ सय ८८ मत खसेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार