बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

अब कम्युनिस्टहरू जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बेला आयो : प्रचण्ड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
अब कम्युनिस्टहरू जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बेला आयो : प्रचण्ड
रौतहट, फागुन २५ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जीवन बदल्ने अभियानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ ले सुरु गरेको विपन्न नागरिकका लागि राइस कुकर वितरण कार्यक्रमको उद्‌घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

लामो बलिदानीपूर्ण आन्दोलनको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै एक चरणको राजनीति क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्तिको तयारीमा जुट्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले समाजवादका लागि जनताको आर्थिक सामाजिक रुपान्तरण अनिवार्य भएकाले कम्युनिस्ट क्रान्तिकारीहरु अब यसमै केन्द्रित हुनुपर्ने बताए ।

उनले रौतहट क्रान्तिकारी कम्युनिस्टहरुको किल्ला भएको उल्लेख गर्दै यहाँ भएको किसान बिद्रोहले देशभर सामन्तवादविरुद्धको आन्दोलनलाई प्रेरणा दिएको बताए ।

कार्यक्रममा ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिँदै महिलाले पाएको राजनीतिक अधिकारको रक्षा र कार्यान्वयन गर्दै हरेक क्षेत्रमा समानुपातिक रुपमा महिला सहभागिता बढाउन सङ्कल्प गर्नुपर्नेमा जोड दिए ।

हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियान अन्तर्गत आज रौतहटमा कार्यक्रम हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार