बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

सामाजिक सञ्जाल विधेयक मिडियालाई नभई अराजकता रोक्न ल्याइएको हो : नेता ढकाल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
सामाजिक सञ्जाल विधेयक मिडियालाई नभई अराजकता रोक्न ल्याइएको हो : नेता ढकाल
काठमाडाैं, फागुन २५ :

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन समन्वय संयन्त्र प्रमुख भनुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया नियन्त्रणका लागि नभई अराजकता नियन्त्रण गर्न ल्याउन लागिएको स्पष्ट पारेका छन् ।

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहमा उनले विधेयकका कमजोरी सच्याउन आफू तयार रहेको बताए । ‘बलियो सरकार हुँदा सुधार र कार्यान्वयन गरौं, पछि सम्भावना कम हुन्छ,’ उनले भने ।

ढकालले आगामी वर्ष दुईपटक सरकार परिवर्तन हुने दाबीसमेत गरे । उनका अनुसार, ‘२०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढल्छ र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार परिवर्तन हुन्छ ।’

उनले ओली र देउवाबीच समझदारी कायम रहुन्जेल सरकारमा ठूलो परिवर्तन नआउने धारणा राखे ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको भन्दै सामाजिक सञ्जाल विधेयक मिडियामैत्री हुने दाबी गरे ।

समारोहमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बागमती प्रदेश उपसचिव भक्तकुमारी लामा, प्रेस चौतारीका नेता विश्वमणि सुवेदी, प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टरका नेता विक्रमरत्न श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको पक्षमा एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार