बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

महिला सशक्तीकरण अझै अपूरो : परराष्ट्रमन्त्री राणा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
महिला सशक्तीकरण अझै अपूरो : परराष्ट्रमन्त्री राणा
काठमाडाैं, फागुन २५ :

परराष्ट्रमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नेपालमा महिलाका लागि धेरै कानुनी उपलब्धि भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएकी छन्।  

नेपाली कांग्रेसको केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् । “अधिकार प्राप्त गर्नु मात्र पर्याप्त छैन, ती अधिकारको सदुपयोग गर्न महिलाहरू आफैं सक्षम हुनुपर्छ, उनले भनिन्, ‘समाजले अधिकार दिन्छ भन्ने सोच राख्नु गलत हो, महिलाहरूले आफैं सक्षम भएर अघि बढ्नुपर्छ।’

महिला विभाग प्रमुख पुष्पा भुसालले समानता र अधिकारका मुद्दामा मात्र केन्द्रित नभई तिनको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताइन्। उनका अनुसार अझै पनि ४२ वटा कानुन महिलामैत्री छैनन्, जसले लैंगिक विभेदलाई निरन्तरता दिने खतरा छ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीले महिलाहरूको हकहितमा गरेका कामहरू उजागर गर्दै अब नीतिगत सुधार आवश्यक रहेको बताइन्। उनले समानता र सशक्तीकरणका लागि महिलाहरूले आफैं जागरूक हुनुपर्ने उल्लेख गरिन्।

अन्य वक्ताहरूले पनि नेपालमा महिला अधिकारमा उल्लेखनीय प्रगति भए पनि अझै चुनौतीहरू बाँकी रहेको बताउँदै कानुनी सुधार, आर्थिक सशक्तीकरण र सामाजिक रूपान्तरणका लागि निरन्तर पहल आवश्यक रहेको धारणा राखेका थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार