काठमाडाैं, फागुन २५ :

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।  

शीतलनिवासमा शनिबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकको समसामयिक परिस्थिति लगायतबारे कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै, संघीयता कार्यान्वयनका चुनौती, संविधानको प्रभावकारी कार्यान्वयन, आर्थिक अवस्थालगायत विषयमा पनि छलफल भएको बुझिएको छ ।

पछिल्लो समय देखिएका राजनीतिक असन्तुष्टि तथा सरकारप्रति विभिन्न क्षेत्रबाट उठिरहेको आलोचनाकाबीच भएको यो भेटलाई चासोका साथ हेरिएको छ ।  यद्यपि उनीहरुबीचको यो भेटलाई नियमित भेटघाट भनिएको छ ।