काठमाडाैं, फागुन २५ :
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।
शीतलनिवासमा शनिबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रम, मुलुकको समसामयिक परिस्थिति लगायतबारे कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
साथै, संघीयता कार्यान्वयनका चुनौती, संविधानको प्रभावकारी कार्यान्वयन, आर्थिक अवस्थालगायत विषयमा पनि छलफल भएको बुझिएको छ ।
पछिल्लो समय देखिएका राजनीतिक असन्तुष्टि तथा सरकारप्रति विभिन्न क्षेत्रबाट उठिरहेको आलोचनाकाबीच भएको यो भेटलाई चासोका साथ हेरिएको छ । यद्यपि उनीहरुबीचको यो भेटलाई नियमित भेटघाट भनिएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ