काठमाडौं, फागुन २६ :

काठमाडौं महानगरपालिका-२ टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलमा खसेका ३० वर्षीय एक पुरुषको प्रहरीले उद्धार गरेको छ।

आइतबार बिहान ६:४५ बजे उक्त युवक ढलमा खसेको भन्ने जानकारी पाउनासाथ प्रहरीको विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोली घटनास्थलमा पुगेको थियो र उनले तुरुन्तै उद्धार कार्य थालेका थिए।

प्रहरीका अनुसार, उद्धार गरिएका युवकको मानसिक स्थिति ठीक नभएको आशंका गरिएको छ। उनको नाम हालसम्म खुलाइएको छैन। उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।