बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार राजनीति प्रदेश सुदूरपश्चिम प्रदेश

धनगढीमा देउवाको स्वागतमा राखिएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
धनगढीमा देउवाको स्वागतमा राखिएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाए
धनगढी, फागुन २६ :

धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा राखिएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । नेताहरुको स्वागतका लागि नेविसंघका विद्यार्थीहरुले सडकका वरपर पार्टीका झण्डा राखेका थिए ।ती झन्डा आन्दोलनरत विद्यार्थीले धमाधम हटाएका हुन् ।

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन, अखिल क्रान्तिकारी लगायतका विद्यार्थीहरु आन्दोलित छन् । उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यसक्रममा उनीहरुबीच झडप भएको छ ।

सभापति देउवासहितका नेताहरू कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्नभोलि धनगढी जाने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार