काठमाडौं, फागुन २६ :
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायत राजावादीहरुको प्रदर्शनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको मूल सडक अस्तव्यस्त भएको छ ।
प्रदर्शनले काठमाडौंको सवारीसाधन आवागमन प्रभावित भएको छ । विशेषगरी तीनकुने चाबहिल रुट प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ ।
चक्रपथमा चल्ने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न लगाइएको छ । यातायात ठप्प हुँदा यात्रु सास्ती खेप्न बाध्य भएका छन् ।
साढे ३ बजे पूर्वराजा त्रिभुवन विमानस्थलबाट निर्मलनिवास फर्किने तयारी छ । उनी आएकै अवसरमा राजावादीहरूले प्रदर्शन गरेपछि सुरक्षा सतर्कता बढाइएको छ ।
यो पनि…
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने