काठमाडौं, फागुन २६ :

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको र्‍यालीमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि तस्बिरको प्रयोग भएको देखियो । जसले सामाजिक सञ्जालमा चासो र आलोचना पैदा गरेको छ ।

पूर्वराजा शाहको स्वागतका लागि राजावादी समर्थकहरूले योगी आदित्यनाथको तस्बिर बोकेर र्‍याली निकालेका थिए । जसको एक तर्फमा आदित्यनाथ र अर्कोतर्फ पूर्वराजा ज्ञानेन्द्रको तस्बिर थियो । 

प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले यो घटनामा चासो व्यक्त गर्दै फेसबुकमा लेखेका छन् । ‘भारतका नेताको तस्बिर राखेर नेपालमा राष्ट्रवादी अभियान चलाउनु उपयुक्त नहुने , बरु यसले राजनैतिक र सांस्कृतिक सन्देशलाई पनि गलत तरिकामा प्रस्तुत गर्न सक्ने सामाजिक सञ्जालमा आलोचना टिप्पणी गरिएको छ । नेपालको राजनीतिक परिप्रेक्ष्यमा, यस घटनाले राजावादी र राष्ट्रवादी विचारहरूको बीचमा नयाँ बहसको सुरुआत गरेको छ ।’

यो पनि…

हवाई टिकट भएका यात्रुबाहेक अरुलाई विमानस्थल प्रवेशमा रोक

राजावादीको प्रदर्शनले विमानस्थल अगाडिको सडक अस्तव्यस्त

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे : राजावादीले गरे भव्य स्वागत