शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
काठमाडौँ, फागुन २७ :

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ। 

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहानैदेखि पदाधिकारी बैठक बस्न लागेको हो ।

आइतबार बस्ने भनिएको बैठक आज बिहानका लागि सारिएको थियो ।

बैठकमा नेताहरूको जिम्मेवारी, तराई- मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाइएको छ ।

माओवादी केन्द्रले फागुन १२ गतेदेखि चलाइरहेको हुलाकी राजमार्ग केन्द्रित तराई- मधेस जागरण अभियान स्थगित गरेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार