
विराटनगर, फागुन २८ :
प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोसी प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
दिउँसो २ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
आजको प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन् ।
त्यसअघि ओली पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुनेछन् ।