
नेपालका अनलाइन टिभीकर्मीहरूको छाता संस्था अनलाइन टिभी पत्रकार संघले सदस्यता सप्ताह घोषणा गरेको छ।
चैतको दोस्रो साथा अधिवेशन गर्ने निर्णय भएकाले आजदेखि चैत्र ५ गतेभित्र सदस्यता नवीकरण गर्ने वा नयाँ सदस्यता फाराम भर्ने मिति तोकिएको हो ।
संघको यही फागुन २५ गते बसेको बैठकले २७ गतेदेखि सदस्यता सप्ताह सञ्चालन गर्ने निर्णय गरेको थियो ।
अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका देशभरका अनलाइन टिभी पत्रकारहरूले संघका पदाधिकारी तथा सदस्यहरूसँग सदस्यताका लागि सम्पर्क गर्न सक्ने संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।
सङ्घले सबै जिल्ला र तहमा नयाँ कार्यसमिति बनाउने तयारी समेत गरेको छ।
नेपालमा अनलाइन टिभी पत्रकारितालाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले २०७६ सालमा स्थापना भएको सङ्घले अनलाइन टिभी पत्रकारलाई जिम्मेवार बनाउँदै उनीहरूका हक अधिकारका लागि पैरवी र सङ्घर्ष गर्दै आइरहेको छ।