बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

राजतन्त्र पक्षधरले राष्ट्रिय गानको अपमान गरे : महेशकुमार बर्तौला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २८ फागुन, २०८१ मा प्रकाशित
राजतन्त्र पक्षधरले राष्ट्रिय गानको अपमान गरे : महेशकुमार बर्तौला
काठमाडौं, फागुन २८ :

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले राजतन्त्र पक्षधरहरूले नेपाली राष्ट्रिय गानको अपमान गरेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा बैठकको मंगलबारको विशेष समयमा बोल्दै उनले पञ्च्यायतीकालीन राष्ट्रिय गान गाएर विभिन्न कार्यक्रम गर्ने घटनालाई नेपालका राष्ट्रिय गानको अपमानको रूपमा व्याख्या गरे। यस्ता गतिविधि नेपालको संविधानसँग विपरीत रहेको भन्दै उनले यसलाई रोक्न माग गरे।

‘नेपालको संविधानको धारा १ र ५ को विपरीत, राजतन्त्र पक्षधरहरूले नेपाल र यसको राष्ट्रिय गानको अपमान गरिरहेका छन्,उनले भने, ‘यसलाई सरकारले गम्भीरतासाथ लिनुपर्छ।’

बर्तौलाले राजतन्त्र पक्षधरहरूले पोखरा र काठमाडौँ लगायतका स्थानमा पञ्च्यायतीकालीन राष्ट्रिय गान गाएका घटनालाई संविधानको उल्लंघनको रूपमा उल्लेख गरे। उनले राजतन्त्रको पुनःस्थापना हुने कुनै सम्भावना नरहेको र यस प्रकारको गतिविधि अब रोक्नुपर्ने धारणा व्यक्त गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार