सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल, काठमाडौंको वायु अति अस्वस्थ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ फागुन, २०८१ मा प्रकाशित
विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल, काठमाडौंको वायु अति अस्वस्थ
काठमाडौँ, फागुन २९ :

स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ । 

पहिलो स्थानमा भारत रहेको छ । वातावरण विभागका अनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ ।

आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको उल्लेख छ । त्यहाँको वायुको गुणस्तर १९२ एक्यूआई मापन भएको छ ।

त्यसपछि कैलालीको धनगढी, भक्तपुर, काठमाडौंको शंखपार्क र रत्नपार्क तथा ललितपुरको खुमलटार, भैंसेपाटी क्षेत्रको हावा अति अस्वस्थकर तहमा पुगेको विभागले वेबसाइटमा उल्लेख गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार