बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

माओवादीको आपत्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ फागुन, २०८१ मा प्रकाशित
माओवादीको आपत्तिपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
फाइल तस्बिर।
काठमाडौं, फागुन २९ :

प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै १५ मिनेटका लागि स्थगित गरिएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठक सुरु हुँदा सरकारका प्रतिनिधि अर्थात् मन्त्री कोही पनि उपस्थित नभएपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।

बैठकको सुरुमै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कुनै पनि मन्त्री बैठकमा उपस्थित नभएको भन्दै बैठक अघि बढ्न नसक्ने भन्दै आपत्ति जनाएका थिए ।

सरकारले सदन र जनप्रतिनिधिलाई हेपिरहेको भन्दै पाण्डेले नियमावली विपरीत  बैठक चल्न सक्दैन भन्दै नियमापत्ति जनाएका थिए ।

तत्पश्चात सभामुख घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को नियम ६ को उपनियम ६ बमोजिम संसद बैठक १५ मिनेटको लागि स्थागित गरेका हुन् । ११ बजे बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार