शुक्रबार, १३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण #निरन्तर वर्षा#बाक्लो हिमपात#नेप्से परिसूचक#सामान्य अङ्कले घट्यो#एनप्याब्सन#सरकारद्वारा निलम्बन#सोलुखुम्बुको होटलमा आगलागी#नेपाली कांग्रेस#सर्वोच्चको पूर्ण बैठक#दुध कृषक#बक्यौता रकम घट्‍यो#प्रधानसेनापति अशोकराज सिग्देल#मेट्रो रेल आयोजना#साँखुसम्म मेट्रो रेलमार्ग#कोशी ब्यारेज पुल#नयाँ पुल निर्माण
समाचार

छुट्टाछुट्टै स्थानमा ५ जना मृत भेटिए

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २९ फागुन, २०८१ मा प्रकाशित
छुट्टाछुट्टै स्थानमा ५ जना मृत भेटिए
काठमाडौं, फागुन २९ :

काठमाडौं, दैलेख, मोरङ, गुल्मी र धनुषाका छुट्टाछुट्टै स्थानमा ५ जना मृत फेला परेका छन् ।

काठमाडौं महानगरपालिका १६, बालाजु वसन्तनगर गुम्बा विटनजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर रहेका ३६ वर्षीय नरेन्द्र बानियाँ बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी दैलेखको नौमुलौ गाउँपालिका ४, उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रति बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै मोरङको सुन्दरहरैंचा नगरपालिका ५, सिस्ने टोलमा फर्निचर सञ्चालन गर्दै आएका सोही नगरपालिका ५, खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रवि मुसहर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको मदाने गाउँपालिका ४, झार्कीसल्लास्थित गोरेटो बाटोमा परिचय नखुलेका ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका १८, भोइलस्थित कलभर्टमुनि परिचय नखुलेका ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार