
नेपाल र युगान्डा, फागुन ३० :
महिला टी- ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र युगान्डा खेल्दैछन् ।
यो खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभल मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ ।
यसअघिको खेलमा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली युगान्डालाई १ विकेटले हराएको थियो । हिजोको खेलमा नेपाल नामिबियासँग फेरि २३ रनले पराजित भएको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपाल तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो ।
नेपालले भोलि हङकङसँग फेरि खेल्नेछ । नेपाल, युगान्डा, नामिबिया र हङकङ सहभागी प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
फाइनल खेल चैत ३ गते हुनेछ ।