आइतबार, १८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार #पुष्पकमल दाहाल ‘प्रचण्ड#स्थानीय निर्वाचन#उम्मेदवार छनोट समिति#डा. भद्रा पराजुली भण्डारी#केन्द्रीय सदस्य उम्मेदवारी#खर्चमा मितव्ययिता#महाधिवेशन प्रतिनिधि#बासको व्यवस्था आफैं#खुस्बु ओली#सुशासनको धज्जी उडायो#यात्रु सहायता कक्ष#आइपीयु बैठक#अधिवेशन अन्त्य#भोटेकोशी बाढी#करदाता प्रोत्साहन उपहार
कर्पोरेट शिक्षा

नेकका शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि गर्न दुईदिने प्रशिक्षण

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
नेकका शिक्षक कर्मचारीको क्षमता अभिवृद्धि गर्न दुईदिने प्रशिक्षण
काठमाडौं, फागुन ३० :

चाँगुनारायण भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) का शिक्षक तथा कर्मचारीहरुलाई दुईदिने क्षमता अभिवृद्धि प्रशिक्षण दिएको छ ।

ललितपुरको स्टाफ कलेजमा सञ्चालित तालिममा सहभागीहरुलाई नेतृत्व विकास, शिक्षाशास्त्र, सूचनासञ्चार र सीप विकासका विषयहरुको प्रशिक्षण दिइएको हो ।
प्रशिक्षणमा बीकेरमन भट्टराई, डा. नरेन्द्रविक्रमराज पनेरु, मानषी अग्रवाल, प्रा.डा. बालमुकुन्द भट्टराईले सहभागीहरुलाई विषयगत विषयहरुमा प्रशिक्षण दिएका थिए ।

शिक्षक तथा कर्मचारीहरुले प्रशिक्षणबाट विद्यार्थीलाई कसरी अध्ययनमा रुचि जगाउने, विद्यार्थीहरुका जिज्ञासा र पाठ्यक्रमका विषयवस्तु प्रभावकारी रुपमा कसरी बुझाउनेलगायत जानकारी पाइएको बताए । उनीहरुले नेतृत्व विकास, सीप विकास र व्यक्तित्व विकासका यस्ता प्रशिक्षणहरुले कलेजको शैक्षिक, प्रशासनिक गुणस्तरीयता कायम गर्न पनि सहयोग पुग्ने बताए ।

कलेजका सहायक प्राचार्य मोहनध्वज केसीले नेतृत्व क्षमता विकास तालिमले शिक्षक तथा कर्मचारीहरुको व्यक्तित्व विकास, क्षमता विकासमा टेवा पुग्ने बताए । 
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले शिक्षक, कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम तथा प्रशिक्षणहरु दिँदै आएको छ ।

पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा स्नातक तथा स्नातकोत्तर तहमा इन्जिनियरिङ विधाका विभिन्न विषयहरुको अध्ययन अध्यापन हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार